गैँडाकोट, २६ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास गर्ने भएको छ । सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रमको आयोजना गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक रहेको प्राथमिक भवन परिसरमा नयाँ भवन बनाउन लागिएको हो । नयाँ बन्ने भवन बाल मैत्री अवधारणा र भूकम्प प्रतिरोधात्मक हुने कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो । नयाँ भवनमा एक वटा सभाहल सहित १६ वटा कक्षा कोठाको तीन तले भवन बन्नेछ । सरस्वती पूजा तथा भवन शिलन्यास कार्यक्रम भोली विहान साढे ७ बजे पछि सुरु हुने विद्यालयले जनाएको छ ।