बाबुराम, पोख्रेल ।

बैशाख २९
गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं. ५ स्थित विजय सामुदायिक शिक्षा सदन तथा सोहि नगरपालिकाको वडा नं. ८ कालिका चोकमा अवस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आपूmले सिकेका सिपहरुलाई एक आपसमा साटासाट गरेका छन् ।
विद्यार्थीको प्रतिभा तथा उनिहरुलाई नेपाली तथा अन्तर्राष्ट्रिय कला संस्कृतिको विषयमा ज्ञान दिने उद्येश्यका साथ विजय सामुदायिक शिक्षा सदन तथा कालिका माध्यमिक विद्यालय गैंडाकोटमा अध्ययनरत विद्यार्थीहरुले ब्रिटिस काउन्सीलको आइएस्ए अन्तर्गत पब्लिक प्राइभेट पार्टनरसिपको प्रोजेक्ट नम्बर तीन जोय अफ जात्रा ः इन्द्र जात्रा एण्ड कुमारी जात्रा प्रोजेक्टमा कालिका माध्यमिक विद्यालयको सभाहलमा कुमारी नृत्य प्रस्तुत गर्नुका साथै हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेका छन् ।

आइएस्ए अन्तर्गतको यस कार्यक्रममा विद्यालयले कालिका माध्यमिक विद्यालय सँग समन्वय तथा सहकार्य गर्दै विद्यार्थीहरुको सिप तथा कलालाई एक आपसमा साटासाट गरी सिकाइको गुणस्तर अभिवृद्धि गर्दै आइरहेको छ । सभाहलमा भएको कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनको तर्फबाट ३ जना तथा कालिका माध्यमिक विद्यालयको तर्फ २ जना गरी पाँच विद्यार्थीहरुले कुमारी नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकार्य गर्दै आइरहेको विद्यालय कालिका माध्यमिकको तर्फबाट हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरीएको थियो ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा पुनः विजय सामुदायिक तथा कालिका मा.वि को तर्फबाट आठ÷आठ जना विद्यार्थीहरु सहभागि भएका थिए । उक्त हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरुले नेपाली जात्रा, संस्कृति लगायत अन्तराष्ट्रिय तर्फ भारत तथा चिनमा मनाइने जात्राको विषयमा प्रश्नहरु गरिएको कार्यक्रममा विद्यार्थीहरुद्वारा नै प्रश्नहरु तयार गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

विजय सामुदायिक शिक्षा सदनका सञ्चालक समिति सदस्य रत्न प्रसाद सापकोटा, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेल, विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रामचन्द्र न्यौपाने, दुवै विद्यालयका अभिभावक प्रतिनिधि, शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको हजिरी जवाफ प्रतियोगितामा विजय विद्यार्थीहरुलाई पुरस्कार तथा सम्पूर्ण सहभागि विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम विजय सामुदायिकको तर्फबाट सहायक प्रधानाध्यापक तथा आइएस्ए कोर्डिनेटर रेखा श्रेष्ठ र कालिका माध्यमिकको तर्फबाट उक्त प्रोजेक्टको संयोजन गरिरहनु भएका शिक्षक विमर्श पौडेलले सहजिकरण गर्नु भएको थियो ।