फाल्गुण २१, २०७५। गैंडाकोट क्षेत्रीय रंगशालामा यहि फागुन १७ गते देखि जारी दोस्रो उपमेयर कप फुट्बल प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदन सेमिफाईनलमा प्रव्ेश गरेको छ । २१ गते मंगलबार भएको क्वाटर फाइनलको खेलमा विजय सामुदायिक शिक्षा सदनले गैंडाकोट इङलिस स्कुललाई ४÷० गोल अन्तरले पराजित गरेको हो ।

दिउँसो ३ः०० बजे बाट सञ्चालन भएको खेलमा विद्यालयकी छात्रा मनिष न्यौपानेले एक्लै ३ गोल गरेकि थिइन भने रस्मी चालिसेले १ गोल गरेकि थिइन् । उक्त खेलमा विजय सामुदायिक शिक्षा सदनकी छात्रा मनिषा न्यौपाने वुमन अफ द म्याच भएकी थिइन ।

यस अघि फाल्गुण १७ गते मुकुन्द सेन बोर्डिङ सँग भएको खेलमा विजय सामुदायिक शिक्षा सदन ४ः० गोल अन्तरले विजय भएको थियो । उक्त दिन विद्यालयकी छात्रा मनिषा रिजालले २ गोल तथा रस्मी चालिसे र मनिषा न्यौपानेले समान १ १ गोल गरेका थिए ।

सोहि दिन विजय सामुदायिक शिक्षा सदनकी छात्र मनिषा रिजाल वुमन अफ द म्याच भएको विद्यालयका अतिरिक्त क्रियाकला संयोजक श्रीधर पाठकले जानकारी दिनु भयो । फागुन १७ गते देखि सञ्चालन भएको खेल फागुुन २४ गते सम्पन्न हुने छ ।