बाबुराम पोख्रेल ।
गैंडाकोट २०७५माघ १० । विजय सामुदायिक शिक्षा सदनले त्रीदिवशीय खेलकुद कार्यक्रममा विजेता विधार्थीलाई बुधबार पुरस्कार वितरण गरेको छ । १७ औं बार्षिक उत्सवको अवसरमा गरेको उक्त खेलकुद कार्यक्रममा विजेता विद्यार्थीलाई एक औपचारीक कार्यक्रमका बीच बुधबार पुरस्कार वितरण गरीएको हो ।

उक्त खेलकुद कार्यक्रममा फुटबल भलीबल, क्रिकेट, कबड्डी लगायतका २१ प्रकारका खेलहरुमा १ हजार ८७ जना विद्यार्थीको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा प्रथम स्थान हासील गर्न सफल ३८४ विद्यार्थीलाई गोल्ड मेडल, द्वितीय स्थान हासील गर्न सफल २७५ विद्यार्थीलाई सिल्भर मेडल, तृतिय स्थान हासील गर्न सफल ११५ विद्यार्थीलाई ब्रोन्ज मेडल प्रदान गरीएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थपन समितिका अध्यक्ष टिकाराम कडेंल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सचिव लक्षमण्म कडेंल सदस्य रत्न प्रसाद सापकोटा, फुलुमाया पराजुली, विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटा, पुर्व प्रध्यानध्यापक विश्व प्रकाश न्यौपाने लगायत शिक्षक तथा विद्यार्थीको उपस्तिथि रहेको कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक श्रीधर पाठकले स्वागत गर्नुु भएको थियो । विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण शिक्षिका रञ्जना लामिछानेले गर्नु भएको थियो ।