बाबुराम पोख्र्रेल
सिनर्जी एफएमले आयोजना गरेको “प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९” मा विजय सामुदायिक शिक्षा सदनका ५ जना विद्यार्थी दोस्रो चरणमा प्रवेश गरेका छन् । २०१९ का लागि सिनर्जी एफएमले आयोजना गरेको “प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९” को गैंडाकोटको अडिसन विजय सामुदायिक शिक्षा सदनबाट सुरु गरेको हो ।
एफ एफले माघ २२ गते विजय सामुदायिक शिक्षा सदन गैंडाकोटको सभाहल बाट शुरु गरेको अडिसनमा विजय सामुदायिक शिक्षा सदन, साइनिङ्ग इङलिस बोर्डिङ स्कुल, कालिका माध्यमिक विद्यालय लगायतका विद्यालयका १२ जना विद्यार्थीले सहभागीता जनाएका थिए । जहाँ बाट बाट बिजय सामुदायिक शिक्षा सदनका ५ जना विद्यार्थी दोस्रो चरणको लागि छनोट भएको निर्णायक प्रवेश किरण अधिकारीले जानकारी दिए ।

छनोट हुने विद्यार्थीहरुमा विज्ञान पौडेल , एस्वर्या गिरि, प्रदिप्ती कंडेल, साहारा सापकोटा, स्नेहा विक दोस्रो चरणको लागि छनोट भएका हुन् ।
विभिन्न विद्यालय र कलेजमा नै पुगेर एफएमले विद्यार्थीहरु भित्र लुकेको वाक कलालाई उजागर गर्ने उद्देश्यले पब्लिक स्पिकिङ्ग च्याम्पियनको अडिसन गर्दै छ । यस अघि सिनर्जी एफएम ले पुर्वी चितवनमा गरेको छनोट चरण बाट १५ जना विद्यार्थी दोस्रो चरणका लागि छनिएका छन् । सिनर्जी एफएमले शुरु गरेको वक्तित्वकला प्रतियोगिता अर्थात “प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९” को अडिसन चितवन र नवलपुरका ९० वटा विद्यालय र कलेजमा नै पुगेर गर्ने एफ एम ले जनाएको छ । विभिन्न चरणमा गरेर तिन महिना सम्म चलने प्रतियोगीमा ४०० विद्यार्थीहरूको सहभागिता जनाउने छन् । अडिसन चरणबाट ६० जना विद्यार्थी लाई दोश्रो चरणमा प्रवेश गराउने एफएमका स्टेशन म्यानेजर पौडेलले जानकारी दिए । उनका आनुसार तेश्रो चरणमा ३० र अन्तिम चरणमा १० जना विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाबाट प्रथम हुनेले नगद एकलाख, द्वितीय हुनेले नगद ५० हजार र तृतीय हुनेले नगद २५ हजारको साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।