तराईबासी नेपालीहरुले आज धुमधामका साथ छठ पर्व मनाउँदैछन् । तिहार सकिए लगत्तै मनाइने यो पर्व सत्य, अहिंसा, आरोग्य र समृद्धिको प्रतिकका रुपमा चार दिनसम्म मनाउने गरिन्छ ।विशेषगरी मिथिला क्षेत्रका बासिन्दाले भव्यताका रुपमा मान्ने यो पर्व राजधानीमा बसोबास गर्ने तराईबासीले पनि बागमती नदी किनारमा छठ मनाउने तयारी गरेका छन् ।छठको अवसरमा सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ । गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी छट पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।त्यसै गरि िवजय सामुदायिक शिक्षा सदनले पनि आजका सम्पर्ण पठन पाठनका कार्यक्रम बन्द गरेको छ ।