कुरितिको जरा काट्ने तरवार हुनु पर्छ
भ्रष्टचारी रिती तोड्न त प्रहार हुनु पर्छ

दादा गुण्डा भ्रष्ट पाल्दै मनोमानी गर्ने हैन
अशल रिती भित्र्याउने सरकार हुनु पर्छ

सहयोगी हात फैलाई भिख माग्ने देश हैन
नयाँ नेपाल सु-सम्पन्न र दम्दार हुनु पर्छ

बारुद र गोला बोक्ने जवानको म्याद छैन
मन काट्ने बिचारको हतियार हुनु पर्छ