सस्तो भो मेरो दाम, तिम्रो यो शहरमा
चर्चा भो मेरो आम, तिम्रो यो शहरमा ।

गरे ब्यग्ङ म माथी , जो कोही ले पनि
भएँ सारै बदनाम, तिम्रो यो शहरमा ।

न घात गरें कसैको, न क्यै बिराएँ मेलै
जोडिए कथा तथानाम, तिम्रो यो शहरमा ।

पवित्र सोचले कोशिस, गरें सकेको मैले
बन्दै बनेन काम, तिम्रो यो शहरमा।

जहाँ गए नी भेटे, रावणहरु सबैतिर
छदै छैनन कि राम, तिम्रो यो शहरमा।