कमल थापा, रुकुम, चैत्र ८ – एसएलसी परीक्षाको दोस्रो दिन रुकुमकी एक छात्राले परीक्षा हलमै छोरी जन्माएकी छिन्। सदरमुकाम खलंगा स्थित वालकल्याण माध्यामिक विद्यालय सोलावांग केन्द्रबाट परीक्षामा सहभागी सुष्मा कुँवरले परिक्षाकै क्रममा छोरी जन्माएकी जिल्ला प्रहरी प्रहरी किशनसिंह थापाले जानकारी दिए। परीक्षामा सहभागी भएको १ घण्टा पछि छोरी जन्मेको हो। सुष्मालाई सहयोगी राखेर परीक्षा गराइएको छ। उनलाई थप एक घण्टाको समय थप गरिएको छ। यो सहित परीक्षा हलमा सुत्केरी हुने छात्रा ३ पुगेका छन्। हिजो पूर्वी रुकुमको तकसेरा परीक्षा केन्द्रमा सहभागी परिक्षार्थी रेखा घर्ती र प्वांगको नायगाड परीक्षा केन्द्रमा सहभागी कविता विक परीक्षा हलमै सुत्केरी भएका थिए .