Category: https://www.facebook.com/Vshsss/

  • विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास सरसस्वती पुजा सम्पन्न

    हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास गर्दै .

    बाबुराम पोख्रेल गैँडाकोट, २७ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास तथा विद्याकी देवि सरस्वतीको विशेष पुजा सम्पन्न गरेको छ । भुमि पुजा संस्थाका अध्यक्ष टीकाराम कंडेलले गर्नु भएको कार्यक्रममा हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास भएको थियो। उक्त कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उपमेयर विष्णुकुमारी कंडेल बुद्धि जिवि, समाज सेवी, संस्थाका सञ्चालक समिति, लेखा समिति, विजय परिवारका विभिन्न संस्थाका अध्यक्षहरु को उपस्थिति रहेको थियो ।

    सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रम गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक रहेको प्राथमिक भवन परिसरमा नयाँ भवन बनाउन लागिएको हो । नयाँ बन्ने भवन बाल मैत्री अवधारणा र भूकम्प प्रतिरोधात्मक हुने कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो । नयाँ भवनमा एक वटा सभाहल सहित १६ वटा कक्षा कोठाको तीन तले भवन बन्नेछ ।
    यसै गरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी अधिष्ठात्री देवी सरस्वतीको यस वर्ष पनि पूजा आराधना गरी मनाइएको छ । विद्यालय जान उमेर पुगेका करिब १०० जना साना बालबालिकालाई विद्यालयमा अक्षरारम्भ तथा भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

  • विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास आइतबार हुँदै

    गैँडाकोट, २६ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास गर्ने भएको छ । सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रमको आयोजना गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक रहेको प्राथमिक भवन परिसरमा नयाँ भवन बनाउन लागिएको हो । नयाँ बन्ने भवन बाल मैत्री अवधारणा र भूकम्प प्रतिरोधात्मक हुने कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो । नयाँ भवनमा एक वटा सभाहल सहित १६ वटा कक्षा कोठाको तीन तले भवन बन्नेछ । सरस्वती पूजा तथा भवन शिलन्यास कार्यक्रम भोली विहान साढे ७ बजे पछि सुरु हुने विद्यालयले जनाएको छ ।

  • विद्यालयमै च्याउ खेती सुरु

    गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा दक्ष जनशक्तिको रुपमा स्थापित गर्नका लागि इन्टरनेसनल स्कुल अवार्ड (आइ.एस.ए.) प्रोजेक्टमा भाग लिएको छ । यसअन्तर्गत विद्यालयका विद्यार्थीसँगै शिक्षक साथीहरु मिलेर विभिन्न प्रोजेक्ट गर्दै आएका छन् । आइ.एस.ए अन्तर्गत रहेका विभिन्न प्रोजेक्टमध्ये अहिले विद्यार्थीहरु विद्यालयमा सुरु भई रहेको ‘जुनियर अन्तरपेनर’ प्रोजेक्टको च्याउ खेतीमा व्यस्त छन् । यसका विषयमा विद्यालयले प्रशिक्षक नै राखेर प्रशिक्षण दिएको थियो । तालिममा प्रशिक्षक दुर्गा लामिछानेले विद्यार्थीलाई च्याउ खेतीबारे सुरुवाती चरणबाट अन्तिम चरणसम्म प्रशिक्षण दिनुभएको थियो । जसमा च्याउ खेती कसरी गर्ने ? यसबाट व्यवसायी कसरी बन्न सकिन्छ ? भन्ने विषयमा विद्यार्थीलाई व्यावहारिक रुपमा शिक्षा दिइएको थियो ।
    विद्यालयकी शिक्षिका एवं उक्त प्रोजेक्टका संयोजक गंगा पौडेल भन्नुहुन्छ— ‘हालको परिपे्रक्ष्यमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा पनि व्यावहारिक ज्ञान दिन आवश्यक छ । विद्यालयको कक्षा कोठामा राख्दैमा विद्यार्थीलाई घोकाउन त सकिएला तर समाजका अघि खडा गराउन मुस्किल पर्छ । यसका लागि विद्यार्थीलाई यस्ता प्रयोगात्मक शिक्षा दिन आवश्यक रहेको छ ।’
    यसका लागि विद्यार्थीहरु पनि निकै उत्साहित भएका छन् । च्याउ खेतीका बारेमा अध्ययन गरिसकेपछि आफ्ना छरछिमेकीलाई पनि सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य राखेका छन्। विजय सामुदायिक शिक्षा सदन कक्षा ८ मा पढ्ने पुष्प कमल कँडेल विद्यालयले दिएका यस्ता सीपमूलक सिकाइले हालका सन्र्दभमा मात्रै नभई भविष्यमा पनि आत्मनिर्भरसँगै कृषि क्षेत्रमा केही योगदान पु¥याउन महŒवपूर्ण रहेको बताए । उनी मात्रै होइन उक्त प्रोजेक्टमा संलग्न अनुषा अधिकारी पनि नेपालमा एकदमै प्रख्यात रुपमा चलिरहेको तरकारी च्याउबाट आपूm पनि सहज तरिकाले व्यवसायी बन्न सकिँदो रहेछ भन्ने बताइन् । साथै उनले विद्यार्थीभित्र भएको प्रतिभालाई प्रस्फुटन गर्नका लागि विद्यालयले गरेका कामप्रति धन्यवाद व्यक्त गरिन ।हालका सन्दर्भमा विद्यार्थीलाई विद्यालयको कक्षा कोठामा राखेर पढाउनुभन्दा प्रयोगात्मक शिक्षण विधिअन्तर्गत प्रत्यक्ष रुपमा स्थलगत अध्ययन गराई शिक्षा प्रदान गर्दा प्रभावकारी हुने देखिन्छ । जुन विजय सामुदायिक शिक्षा सदनले गर्दै आएको छ । यसका साथै अन्य विद्यालयभन्दा फरक तरिकाले अर्थात् विद्यालयमा विद्यार्थीको रुचिअनुरुप विजय सामुदायिक शिक्षा सदनले विद्यालयको शैक्षिक गुणस्तर बढाउँदै गएको छ । विद्यार्थीलाई आवश्यक अनुरुप भौतिक पूर्वाधारको पनि व्यवस्था गरेको छ । यसरी विद्यार्थीको अभिरुचि बुझेर पढाउने हो भने साँच्चै पढाइमा गुणस्तरीयता बढ्दै जानसक्ने देखिन्छ ।