Author: Udaya Pokhrel

  • विद्यार्थीहरुद्वारा सिकेको सिप साटासाट कुमारी नृत्य प्रदर्शन

    बाबुराम, पोख्रेल ।

    बैशाख २९
    गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं. ५ स्थित विजय सामुदायिक शिक्षा सदन तथा सोहि नगरपालिकाको वडा नं. ८ कालिका चोकमा अवस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आपूmले सिकेका सिपहरुलाई एक आपसमा साटासाट गरेका छन् ।
    विद्यार्थीको प्रतिभा तथा उनिहरुलाई नेपाली तथा अन्तर्राष्ट्रिय कला संस्कृतिको विषयमा ज्ञान दिने उद्येश्यका साथ विजय सामुदायिक शिक्षा सदन तथा कालिका माध्यमिक विद्यालय गैंडाकोटमा अध्ययनरत विद्यार्थीहरुले ब्रिटिस काउन्सीलको आइएस्ए अन्तर्गत पब्लिक प्राइभेट पार्टनरसिपको प्रोजेक्ट नम्बर तीन जोय अफ जात्रा ः इन्द्र जात्रा एण्ड कुमारी जात्रा प्रोजेक्टमा कालिका माध्यमिक विद्यालयको सभाहलमा कुमारी नृत्य प्रस्तुत गर्नुका साथै हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेका छन् ।

    आइएस्ए अन्तर्गतको यस कार्यक्रममा विद्यालयले कालिका माध्यमिक विद्यालय सँग समन्वय तथा सहकार्य गर्दै विद्यार्थीहरुको सिप तथा कलालाई एक आपसमा साटासाट गरी सिकाइको गुणस्तर अभिवृद्धि गर्दै आइरहेको छ । सभाहलमा भएको कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनको तर्फबाट ३ जना तथा कालिका माध्यमिक विद्यालयको तर्फ २ जना गरी पाँच विद्यार्थीहरुले कुमारी नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकार्य गर्दै आइरहेको विद्यालय कालिका माध्यमिकको तर्फबाट हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरीएको थियो ।

    उक्त हाजिरी जवाफ प्रतियोगितामा पुनः विजय सामुदायिक तथा कालिका मा.वि को तर्फबाट आठ÷आठ जना विद्यार्थीहरु सहभागि भएका थिए । उक्त हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरुले नेपाली जात्रा, संस्कृति लगायत अन्तराष्ट्रिय तर्फ भारत तथा चिनमा मनाइने जात्राको विषयमा प्रश्नहरु गरिएको कार्यक्रममा विद्यार्थीहरुद्वारा नै प्रश्नहरु तयार गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

    विजय सामुदायिक शिक्षा सदनका सञ्चालक समिति सदस्य रत्न प्रसाद सापकोटा, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेल, विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रामचन्द्र न्यौपाने, दुवै विद्यालयका अभिभावक प्रतिनिधि, शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको हजिरी जवाफ प्रतियोगितामा विजय विद्यार्थीहरुलाई पुरस्कार तथा सम्पूर्ण सहभागि विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

    कार्यक्रम विजय सामुदायिकको तर्फबाट सहायक प्रधानाध्यापक तथा आइएस्ए कोर्डिनेटर रेखा श्रेष्ठ र कालिका माध्यमिकको तर्फबाट उक्त प्रोजेक्टको संयोजन गरिरहनु भएका शिक्षक विमर्श पौडेलले सहजिकरण गर्नु भएको थियो ।

  • विजय सामुदायिकका बिद्यार्थीहरूको नेतृत्वमा समुदायमा सरसफाई

    बाबुराम पोख्रेल
    गैंडाकोट, १७ वैशाख । विजय सामुदायिक शिक्षा सदनका कक्षा ८ का बिद्यार्थीहरूको नेतृत्वमा मंगलबार समुदायमा सरसफाई गरिएको छ ।

    ब्रिटीश काउन्सिलको इन्टरनेशनल स्कूल अवार्ड अन्तर्गतको प्रोजेक्ट नम्बर ८ को “बिट प्लाष्टिक ः आईदर रियुज अर रिड्युस” प्रोजेक्टलाई सफल बनाउन समुदायमा सरसफाई गरिएको हो । प्लाष्टिकका बोतल र प्लाष्टिकका खोलहरूलाई पुनः प्रयोगमा ल्याई त्यसको ब्यवस्थापनमा विद्यार्थीहरू प्रत्यक्ष सहभागि हुनेछन् ।

    मंगलबार बिहान बिद्यालयको मा.वि ब्लकको प्राङ्गणबाट सुरु भएको समुदाय सरसफाई कार्यक्रम समुन्नती टोल विकास, मातृभुमी टोल विकास, विजय सामुदायिक शिक्षा सदनको प्राबि ब्लक हँुदै गैंडाकोट नगरपालिका, विजयचोक, विजय विकास स्रोत केन्द्र, विजय एफएम हुँदै पुनः बिद्यालय परिसरसम्म सरसफाई गरिएको थियो । कार्यक्रममा बिद्यार्थी, शिक्षक, जनप्रतिनिधि लगायतले सरसफाई गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै गैंडाकोट वडा नम्बर ५ का वडाअध्यक्ष नवराज कंडेलले प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्नमा जोड दिनुभयो । उहाँले बालबालिकालाई नै समुदायप्रति जिम्मेवार बनाउन गरिएको कार्य प्रशंसनीय रहेको बताउँदै बिद्यालयलाई धन्यबाद ज्ञापन गर्नुभयो । वडाअध्यक्ष कंडेलले यस्ता अभियानले गैंडाकोट ५ लाई मात्र नभएर नगरलाई नै पूर्ण सरसफाई नगर बनाउन मद्दत पुग्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले बिद्यालयले गरेको सरसफाई अभियानको प्रशंसा गर्नुभयो । कार्यक्रमले समुदाय स्वच्छ र सफा बनाउन र बिद्यार्थीलाई समुदायप्रति उत्तरदायि बनेको बताउनुभयो ।

    बिद्यार्थीहरु बिद्यालयमा किताबी ज्ञान मात्र सिकाउने नभई व्यवहारिक ज्ञान दिन आवश्यक हुनाले बिद्यालयले सरसफाई लगायत अन्य कार्यक्रम गर्दै आएको बिद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । उहाँले बिद्यार्थी आफैले समुदाय सफा बनाउनुपर्छ भन्ने कुरा सिकेको र समुदाय प्रति बिद्यार्थी उत्तरदायि बनेकोमा खुशी व्यक्त गर्नुभयो ।

    त्यस्तै बिद्यालयकी सहायक प्रधानाध्यापक एवम् आइएसए कोर्डीनेटर रेखा श्रेष्ठले सरसफाई कार्यक्रमले मात्र समुदाय स्वच्छ र सफा नहुने भन्दै फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले बिद्यालयले प्लाष्टिकका बोतल र प्लाष्टिक जन्य फोहोरबाट नमूना चौतारो बनाउने पनि बताउनुभयो ।

    कार्यक्रममा गैंडाकोट वडा नम्बर ५ का वडा सदस्य पार्वती सापकोटा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कंडेल, सञ्चालक समिति सदस्य रत्नप्रसाद सापकोटा, बिभिन्न टोल सुधार समिति, महिला समुहका प्रतिनिधी लगायतले सरसफाई गर्नुभएको थियो ।

  • विद्यार्थीले बनाए माटोका भाँडा

    बाबुराम पोख्रेल,

    ८ चैत्र २०७५ । विजय सामुदायिक शिक्षा सदनको कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुले माटोका भाँडा निर्माण गरेका छन् ।


    अन्तर्राष्ट्रिय स्कुल अवार्ड (ISA) कार्यक्रममा सहभागि भएको विद्यालयले २० प्रतिशत स्थानीय पाठ्यक्रम अन्र्तगत रहेको कुमाल संस्कृति बारे अध्ययन गर्न माटोका भाँडाहरु र्मिाण गर्ने स्थानमा गइ अवलोकन गरी माटोको भाँडा बनाएका छन् ।

    विद्यार्थीहरुले कुमाल संकृतिमा माटोको भाँडा कसरी बनाइन्छ भन्ने विषयमा अवलोकन का साथ साथै त्यस पेशाको बारेमा जानकारी लिएका छन् ।

    यस अघि पनि विद्यार्थीहरुको विद्यालयमा विभिन्न माटोको भाँडाहरु पनि निर्माण गरेका थिए । यसका साथसाथै विद्याथीहरुले नवलपुर महोत्सव २०७५ मा निर्माण गरिएको कुमाल जातीको घर तथा प्रदर्शन गरीएको कुमाल नृत्यको पनि अवलोकान गरेका थिए ।

  • दोस्रो उपमेयर कपको उपाधि विजय सामुदायिकलाई

    दोस्रो उपमेयर कपको उपाधि विजय सामुदायिकलाई

    फाल्गुण २८, गैंडाकोट । गैंडाकोटमा भएको दोस्रो उप मेयर कप अन्तर मा.वि छात्रा फुटबल प्रतियोगिता २०७५ को उपाधि विजय सामुदायिक शिक्षा सदनले हात पारेको छ ।

    गैंडाकोट स्थित क्षेत्रीय रंगशालामा शुक्रबार बाल ज्योति मा.वि.लाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विजय सामुदायिक शिक्षा सदनले उपाधि हात पारेको हो । प्रतियोगितामा प्रथम हुने विजय सामुदायिक शिक्षा सदनले ४० हजार नगद, सिल्ड, मेडल र प्रमाण पत्र हात पा¥यो ।

    विजय सामुदायिक शिक्षा सदनकी अनीता नेपाली उत्कृष्ट पेलेअर, विजय सामुदायिक शिक्षा सदनकै छात्रा नीता लामा उत्कृष्ट गोलकिपर घोषित हुनुभयो । उच्च गोलकर्ता विजय सामुदायिक शिक्षा सदनकी छात्रा मनीषा न्यौपाने सम्मानित हुनुभएको थियो ।

    गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला फुटबल संघ नवलपरासीका महासचिव लक्ष्मण कार्की, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हरि पौडेल, गैंडाकोट खेलकुद समितिका उपाध्यक्ष पूर्ण गुरुङ, महिला सञ्जालकी राधा लामिछाने, नेपाल महिला संघकी नगर अध्यक्ष कमला तिवारी लगायतको विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद आचार्यले स्वागत गर्नुभएको थियो ।

    स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने अभिप्रायका साथ गैंडाकोट सञ्चालित गैंडाकोट दोस्रो उपमेयर कप अन्तर मावि छात्रा फुटबल प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएको गैंडाकोट महिला फुटबल क्लबकी अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिनुभयो । गैंडाकोट नगरपालिकाको आयोजना, गैंडाकोट महिला फुटबल क्लबको संयोजन एवं गैंडाकोट खेलकुद समितिको प्राविधिक सहयोगमा प्रतियोगिताको सम्पन्न भएको हो ।

    विजेता विद्यार्थीहरु तथा विद्यार्थीका अभिभावकहरुलाई विद्यालयमा सम्मान

    यसै बिच विजय सामुदायिक शिक्षा सदनले विजेता विद्यार्थीहरु तथा विद्यार्थीका अभिभावकहरुलाई विद्यालयमा सम्मान सम्मान गरेको छ ।

    फाल्गुण २८ गते विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कंडेल, सचिव लक्ष्मण कण्डेल, समिति सदस्य लक्ष्मण कार्की उपस्थित राहेको कार्यक्रममा विजेता विद्यार्थीहरुलाई मेरिटकार्ड, अभिभावकलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका अध्यक्ष टिकाराम कंडेलले विजयी विद्यार्थीलाई बधाई दिँदै विद्यालय यस क्षेत्रमा शैक्षिक गुणस्तरमा मात्र नभै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहेको जानकारी दिनुभएको थियो ।

  • बिजय सामुदायिक शिक्षा सदन सेमिफाईनलमा प्रवेश

    फाल्गुण २१, २०७५। गैंडाकोट क्षेत्रीय रंगशालामा यहि फागुन १७ गते देखि जारी दोस्रो उपमेयर कप फुट्बल प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदन सेमिफाईनलमा प्रव्ेश गरेको छ । २१ गते मंगलबार भएको क्वाटर फाइनलको खेलमा विजय सामुदायिक शिक्षा सदनले गैंडाकोट इङलिस स्कुललाई ४÷० गोल अन्तरले पराजित गरेको हो ।

    दिउँसो ३ः०० बजे बाट सञ्चालन भएको खेलमा विद्यालयकी छात्रा मनिष न्यौपानेले एक्लै ३ गोल गरेकि थिइन भने रस्मी चालिसेले १ गोल गरेकि थिइन् । उक्त खेलमा विजय सामुदायिक शिक्षा सदनकी छात्रा मनिषा न्यौपाने वुमन अफ द म्याच भएकी थिइन ।

    यस अघि फाल्गुण १७ गते मुकुन्द सेन बोर्डिङ सँग भएको खेलमा विजय सामुदायिक शिक्षा सदन ४ः० गोल अन्तरले विजय भएको थियो । उक्त दिन विद्यालयकी छात्रा मनिषा रिजालले २ गोल तथा रस्मी चालिसे र मनिषा न्यौपानेले समान १ १ गोल गरेका थिए ।

    सोहि दिन विजय सामुदायिक शिक्षा सदनकी छात्र मनिषा रिजाल वुमन अफ द म्याच भएको विद्यालयका अतिरिक्त क्रियाकला संयोजक श्रीधर पाठकले जानकारी दिनु भयो । फागुन १७ गते देखि सञ्चालन भएको खेल फागुुन २४ गते सम्पन्न हुने छ ।

  • फुटसल तथा टिटि प्रतियोगीता सम्पन्न

    गैंडाकोट २०७५ फाल्गुण ५ । विजय सामुदायीक शिक्षा सदनको भुतपूर्व विद्यार्र्थी मञ्चले विद्यालयको १७ औँ वार्षिकोेत्सवको अवसरमा आयोजना गरिएको फुटसल तथा टेबल टेनिस प्रतियोगीता सम्पन्न गरेको छ ।

    ४ वटा विद्यालयको सहभागीता रहेको टेबल टेनिस प्रतियोगीतामा कन्टिनेन्टल बोडिङ्गका कुशल राई प्रथम, कन्टिनेन्टल बोडिङ्गका भरत आले द्वितिय र विजय सामुदायीक शिक्षा सदनका सुदीप लामाले तृतिय स्थान हासील गर्न सफल हुनुभयो ।

    यसैगरी फुटसल तर्फ ८ वटा विद्यालय बाट ९ वटा टिमको सहभागीता रहेको थियो । जस मध्य कृष्ण गण्डकी मा.वि ढोडेनीले प्रथम स्थान हासील गर्न सफल भएको थियो भने कालिका मा.विले दृतिय स्थान हासील गर्न सफल भएको थियो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कडेंल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्ब ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की तथा विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटा,विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपाने विशिष्ट अतिथिको रुपमा रहनु भएको कार्यक्रममा भूतपूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष तथा कार्यक्रम संयोजक निर्मल सुवेदिले अध्यक्षता गर्नु भएको थियो । उक्तm कार्यक्रममा नवलपरासी जिल्ला फुटसल संघकी लक्ष्मी अधिकारी, महिला फुटबल क्लब गैंडाकोटकि दुर्गा घिमिरे, गैंडाकोट फुटबल बाल क्लबको अध्यक्ष मनिषा रिजाल संगै विभिन्न विद्यालयका प्रतिनिधिहरुको उपस्तिथि रहेको कार्यक्रम सञ्चालक भूतपूर्व विद्यार्थीमञ्चका अध्यक्ष विपिन कंडेलले जानकारी दिनुभयो ।

  • खेलकुद कार्यक्रममा विजेता विद्यार्थीलाई पुरस्कार वितरण सम्पन्न

    बाबुराम पोख्रेल ।
    गैंडाकोट २०७५माघ १० । विजय सामुदायिक शिक्षा सदनले त्रीदिवशीय खेलकुद कार्यक्रममा विजेता विधार्थीलाई बुधबार पुरस्कार वितरण गरेको छ । १७ औं बार्षिक उत्सवको अवसरमा गरेको उक्त खेलकुद कार्यक्रममा विजेता विद्यार्थीलाई एक औपचारीक कार्यक्रमका बीच बुधबार पुरस्कार वितरण गरीएको हो ।

    उक्त खेलकुद कार्यक्रममा फुटबल भलीबल, क्रिकेट, कबड्डी लगायतका २१ प्रकारका खेलहरुमा १ हजार ८७ जना विद्यार्थीको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा प्रथम स्थान हासील गर्न सफल ३८४ विद्यार्थीलाई गोल्ड मेडल, द्वितीय स्थान हासील गर्न सफल २७५ विद्यार्थीलाई सिल्भर मेडल, तृतिय स्थान हासील गर्न सफल ११५ विद्यार्थीलाई ब्रोन्ज मेडल प्रदान गरीएको थियो ।

    कार्यक्रममा विद्यालय व्यवस्थपन समितिका अध्यक्ष टिकाराम कडेंल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सचिव लक्षमण्म कडेंल सदस्य रत्न प्रसाद सापकोटा, फुलुमाया पराजुली, विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटा, पुर्व प्रध्यानध्यापक विश्व प्रकाश न्यौपाने लगायत शिक्षक तथा विद्यार्थीको उपस्तिथि रहेको कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक श्रीधर पाठकले स्वागत गर्नुु भएको थियो । विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण शिक्षिका रञ्जना लामिछानेले गर्नु भएको थियो ।

  • विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास सरसस्वती पुजा सम्पन्न

    हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास गर्दै .

    बाबुराम पोख्रेल गैँडाकोट, २७ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास तथा विद्याकी देवि सरस्वतीको विशेष पुजा सम्पन्न गरेको छ । भुमि पुजा संस्थाका अध्यक्ष टीकाराम कंडेलले गर्नु भएको कार्यक्रममा हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास भएको थियो। उक्त कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उपमेयर विष्णुकुमारी कंडेल बुद्धि जिवि, समाज सेवी, संस्थाका सञ्चालक समिति, लेखा समिति, विजय परिवारका विभिन्न संस्थाका अध्यक्षहरु को उपस्थिति रहेको थियो ।

    सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रम गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक रहेको प्राथमिक भवन परिसरमा नयाँ भवन बनाउन लागिएको हो । नयाँ बन्ने भवन बाल मैत्री अवधारणा र भूकम्प प्रतिरोधात्मक हुने कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो । नयाँ भवनमा एक वटा सभाहल सहित १६ वटा कक्षा कोठाको तीन तले भवन बन्नेछ ।
    यसै गरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी अधिष्ठात्री देवी सरस्वतीको यस वर्ष पनि पूजा आराधना गरी मनाइएको छ । विद्यालय जान उमेर पुगेका करिब १०० जना साना बालबालिकालाई विद्यालयमा अक्षरारम्भ तथा भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

  • विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास आइतबार हुँदै

    गैँडाकोट, २६ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास गर्ने भएको छ । सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रमको आयोजना गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक रहेको प्राथमिक भवन परिसरमा नयाँ भवन बनाउन लागिएको हो । नयाँ बन्ने भवन बाल मैत्री अवधारणा र भूकम्प प्रतिरोधात्मक हुने कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो । नयाँ भवनमा एक वटा सभाहल सहित १६ वटा कक्षा कोठाको तीन तले भवन बन्नेछ । सरस्वती पूजा तथा भवन शिलन्यास कार्यक्रम भोली विहान साढे ७ बजे पछि सुरु हुने विद्यालयले जनाएको छ ।