Deepak Sapkota – Vijaya Samudaik Siksha Sadan https://vsss.edu.np An English Medium Community-based School. Tue, 22 Jul 2025 05:10:31 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.2 https://vsss.edu.np/wp-content/uploads/2024/09/vssslogotrp-150x150.png Deepak Sapkota – Vijaya Samudaik Siksha Sadan https://vsss.edu.np 32 32 142127555 https://vsss.edu.np/2025/07/22/2872/ Tue, 22 Jul 2025 05:07:44 +0000 https://vsss.edu.np/?p=2872 Vijaya Buds 2082 Jestha Download ]]> 2872 विषय– अतिरिक्त कक्षा सञ्चालन सम्बन्धमा । https://vsss.edu.np/2025/07/08/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%af-%e0%a4%85%e0%a4%a4%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%95%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d/ Tue, 08 Jul 2025 05:27:10 +0000 https://vsss.edu.np/?p=2738 उपर्युक्त विषय सम्बन्धमा यस विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरुको शैक्षिक उन्नयनका लागि विद्यार्थी एवम अभिभावहरुबाट नै अतिरिक्त कक्षाको माग भएकाले तपसिल अनुसारको अतिरिक्त कक्षाहरु सञ्चालन गर्न लागिएको हुदाँ आफ्ना बाबुनानीहरुलाई पठाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।

मितिः २०८२–०३–२९ गते (आइतबार) देखि ।
पढाइ हुने समय– बिहान ६ बजेदेखि बिहान ८ः३० बजेसम्म

]]>
2738
उपस्थित हुने बारे https://vsss.edu.np/2025/06/25/%e0%a4%89%e0%a4%aa%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%a4-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87/ Wed, 25 Jun 2025 06:07:01 +0000 https://vsss.edu.np/?p=2417 कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको शैक्षिक अवस्था अभिवृद्धि गर्नका लागि शिक्षक तथा अभिभावक अन्तत्र्रिmया कार्यक्रम राखिएको हुँदा तपसिलको स्थान, मिति र समयमा उपस्थित भई आफ्नो बालबालिकाको समुज्ज्वल भविष्यका लागि आवश्यक सल्लाह सुझावहरु प्रदान गरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
तपसिलस्
स्थानः विजय सामुदायिक शिक्षा सदनको सभाहल (मा.वि. ब्लक) ।
मितिः २०८२/०३/११ (बु्धबार)
समयः दिउँसो ३ः४५ बजे ।

]]>
2417
RESULT ANNOUNCED: https://vsss.edu.np/2025/06/25/result-announced/ Wed, 25 Jun 2025 05:09:11 +0000 https://vsss.edu.np/?p=2413 २०८२ का विद्यार्थी लिडरहरू घोषणा ! 🗳🎉

Meet Our Student Leaders 2082!

उत्साहजनक मतदान प्रक्रिया र पारदर्शी निर्वाचन प्रणालीमार्फत अन्ततः हाम्रो विद्यालयका नेतृत्वकर्ताहरू चयन भएका छन्।

हार्दिक बधाई छ नव-निर्वाचित School Captain, Vice Captain, House Captains & Vice Captains हरूलाई!

🙏 धन्यवाद सम्पूर्ण उम्मेदवारहरू, मतदाता विद्यार्थीहरू, शिक्षकहरू, तथा सहयोगीहरूलाई जसले यो ऐतिहासिक निर्वाचन सफल बनाउन साथ दिनुभयो।

]]>
2413
विद्यार्थीहरुद्वारा सिकेको सिप साटासाट कुमारी नृत्य प्रदर्शन https://vsss.edu.np/2019/05/12/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a4%bf%e0%a4%95/ Sun, 12 May 2019 06:21:41 +0000 http://vsss.edu.np/?p=2115

बाबुराम, पोख्रेल ।

बैशाख २९
गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं. ५ स्थित विजय सामुदायिक शिक्षा सदन तथा सोहि नगरपालिकाको वडा नं. ८ कालिका चोकमा अवस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आपूmले सिकेका सिपहरुलाई एक आपसमा साटासाट गरेका छन् ।
विद्यार्थीको प्रतिभा तथा उनिहरुलाई नेपाली तथा अन्तर्राष्ट्रिय कला संस्कृतिको विषयमा ज्ञान दिने उद्येश्यका साथ विजय सामुदायिक शिक्षा सदन तथा कालिका माध्यमिक विद्यालय गैंडाकोटमा अध्ययनरत विद्यार्थीहरुले ब्रिटिस काउन्सीलको आइएस्ए अन्तर्गत पब्लिक प्राइभेट पार्टनरसिपको प्रोजेक्ट नम्बर तीन जोय अफ जात्रा ः इन्द्र जात्रा एण्ड कुमारी जात्रा प्रोजेक्टमा कालिका माध्यमिक विद्यालयको सभाहलमा कुमारी नृत्य प्रस्तुत गर्नुका साथै हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेका छन् ।

आइएस्ए अन्तर्गतको यस कार्यक्रममा विद्यालयले कालिका माध्यमिक विद्यालय सँग समन्वय तथा सहकार्य गर्दै विद्यार्थीहरुको सिप तथा कलालाई एक आपसमा साटासाट गरी सिकाइको गुणस्तर अभिवृद्धि गर्दै आइरहेको छ । सभाहलमा भएको कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनको तर्फबाट ३ जना तथा कालिका माध्यमिक विद्यालयको तर्फ २ जना गरी पाँच विद्यार्थीहरुले कुमारी नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकार्य गर्दै आइरहेको विद्यालय कालिका माध्यमिकको तर्फबाट हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरीएको थियो ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा पुनः विजय सामुदायिक तथा कालिका मा.वि को तर्फबाट आठ÷आठ जना विद्यार्थीहरु सहभागि भएका थिए । उक्त हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरुले नेपाली जात्रा, संस्कृति लगायत अन्तराष्ट्रिय तर्फ भारत तथा चिनमा मनाइने जात्राको विषयमा प्रश्नहरु गरिएको कार्यक्रममा विद्यार्थीहरुद्वारा नै प्रश्नहरु तयार गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

विजय सामुदायिक शिक्षा सदनका सञ्चालक समिति सदस्य रत्न प्रसाद सापकोटा, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेल, विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रामचन्द्र न्यौपाने, दुवै विद्यालयका अभिभावक प्रतिनिधि, शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको हजिरी जवाफ प्रतियोगितामा विजय विद्यार्थीहरुलाई पुरस्कार तथा सम्पूर्ण सहभागि विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम विजय सामुदायिकको तर्फबाट सहायक प्रधानाध्यापक तथा आइएस्ए कोर्डिनेटर रेखा श्रेष्ठ र कालिका माध्यमिकको तर्फबाट उक्त प्रोजेक्टको संयोजन गरिरहनु भएका शिक्षक विमर्श पौडेलले सहजिकरण गर्नु भएको थियो ।

]]>
2115
विजय सामुदायिकका बिद्यार्थीहरूको नेतृत्वमा समुदायमा सरसफाई https://vsss.edu.np/2019/04/30/%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0/ Tue, 30 Apr 2019 07:14:25 +0000 http://vsss.edu.np/?p=2098

बाबुराम पोख्रेल
गैंडाकोट, १७ वैशाख । विजय सामुदायिक शिक्षा सदनका कक्षा ८ का बिद्यार्थीहरूको नेतृत्वमा मंगलबार समुदायमा सरसफाई गरिएको छ ।

ब्रिटीश काउन्सिलको इन्टरनेशनल स्कूल अवार्ड अन्तर्गतको प्रोजेक्ट नम्बर ८ को “बिट प्लाष्टिक ः आईदर रियुज अर रिड्युस” प्रोजेक्टलाई सफल बनाउन समुदायमा सरसफाई गरिएको हो । प्लाष्टिकका बोतल र प्लाष्टिकका खोलहरूलाई पुनः प्रयोगमा ल्याई त्यसको ब्यवस्थापनमा विद्यार्थीहरू प्रत्यक्ष सहभागि हुनेछन् ।

मंगलबार बिहान बिद्यालयको मा.वि ब्लकको प्राङ्गणबाट सुरु भएको समुदाय सरसफाई कार्यक्रम समुन्नती टोल विकास, मातृभुमी टोल विकास, विजय सामुदायिक शिक्षा सदनको प्राबि ब्लक हँुदै गैंडाकोट नगरपालिका, विजयचोक, विजय विकास स्रोत केन्द्र, विजय एफएम हुँदै पुनः बिद्यालय परिसरसम्म सरसफाई गरिएको थियो । कार्यक्रममा बिद्यार्थी, शिक्षक, जनप्रतिनिधि लगायतले सरसफाई गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गैंडाकोट वडा नम्बर ५ का वडाअध्यक्ष नवराज कंडेलले प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्नमा जोड दिनुभयो । उहाँले बालबालिकालाई नै समुदायप्रति जिम्मेवार बनाउन गरिएको कार्य प्रशंसनीय रहेको बताउँदै बिद्यालयलाई धन्यबाद ज्ञापन गर्नुभयो । वडाअध्यक्ष कंडेलले यस्ता अभियानले गैंडाकोट ५ लाई मात्र नभएर नगरलाई नै पूर्ण सरसफाई नगर बनाउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले बिद्यालयले गरेको सरसफाई अभियानको प्रशंसा गर्नुभयो । कार्यक्रमले समुदाय स्वच्छ र सफा बनाउन र बिद्यार्थीलाई समुदायप्रति उत्तरदायि बनेको बताउनुभयो ।

बिद्यार्थीहरु बिद्यालयमा किताबी ज्ञान मात्र सिकाउने नभई व्यवहारिक ज्ञान दिन आवश्यक हुनाले बिद्यालयले सरसफाई लगायत अन्य कार्यक्रम गर्दै आएको बिद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । उहाँले बिद्यार्थी आफैले समुदाय सफा बनाउनुपर्छ भन्ने कुरा सिकेको र समुदाय प्रति बिद्यार्थी उत्तरदायि बनेकोमा खुशी व्यक्त गर्नुभयो ।

त्यस्तै बिद्यालयकी सहायक प्रधानाध्यापक एवम् आइएसए कोर्डीनेटर रेखा श्रेष्ठले सरसफाई कार्यक्रमले मात्र समुदाय स्वच्छ र सफा नहुने भन्दै फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले बिद्यालयले प्लाष्टिकका बोतल र प्लाष्टिक जन्य फोहोरबाट नमूना चौतारो बनाउने पनि बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट वडा नम्बर ५ का वडा सदस्य पार्वती सापकोटा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कंडेल, सञ्चालक समिति सदस्य रत्नप्रसाद सापकोटा, बिभिन्न टोल सुधार समिति, महिला समुहका प्रतिनिधी लगायतले सरसफाई गर्नुभएको थियो ।

]]>
2098
Admission Open https://vsss.edu.np/2019/04/12/2075/ Fri, 12 Apr 2019 07:55:58 +0000 http://vsss.edu.np/?p=2075 ]]> 2075 विद्यार्थीले बनाए माटोका भाँडा https://vsss.edu.np/2019/03/22/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%8f-%e0%a4%ae%e0%a4%be%e0%a4%9f%e0%a5%8b%e0%a4%95%e0%a4%be/ Fri, 22 Mar 2019 17:25:01 +0000 http://vsss.edu.np/?p=2059

बाबुराम पोख्रेल,

८ चैत्र २०७५ । विजय सामुदायिक शिक्षा सदनको कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुले माटोका भाँडा निर्माण गरेका छन् ।


अन्तर्राष्ट्रिय स्कुल अवार्ड (ISA) कार्यक्रममा सहभागि भएको विद्यालयले २० प्रतिशत स्थानीय पाठ्यक्रम अन्र्तगत रहेको कुमाल संस्कृति बारे अध्ययन गर्न माटोका भाँडाहरु र्मिाण गर्ने स्थानमा गइ अवलोकन गरी माटोको भाँडा बनाएका छन् ।

विद्यार्थीहरुले कुमाल संकृतिमा माटोको भाँडा कसरी बनाइन्छ भन्ने विषयमा अवलोकन का साथ साथै त्यस पेशाको बारेमा जानकारी लिएका छन् ।

यस अघि पनि विद्यार्थीहरुको विद्यालयमा विभिन्न माटोको भाँडाहरु पनि निर्माण गरेका थिए । यसका साथसाथै विद्याथीहरुले नवलपुर महोत्सव २०७५ मा निर्माण गरिएको कुमाल जातीको घर तथा प्रदर्शन गरीएको कुमाल नृत्यको पनि अवलोकान गरेका थिए ।

]]>
2059
दोस्रो उपमेयर कपको उपाधि विजय सामुदायिकलाई https://vsss.edu.np/2019/03/12/%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%89%e0%a4%aa%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf/ Tue, 12 Mar 2019 06:50:37 +0000 http://vsss.edu.np/?p=2043

फाल्गुण २८, गैंडाकोट । गैंडाकोटमा भएको दोस्रो उप मेयर कप अन्तर मा.वि छात्रा फुटबल प्रतियोगिता २०७५ को उपाधि विजय सामुदायिक शिक्षा सदनले हात पारेको छ ।

गैंडाकोट स्थित क्षेत्रीय रंगशालामा शुक्रबार बाल ज्योति मा.वि.लाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विजय सामुदायिक शिक्षा सदनले उपाधि हात पारेको हो । प्रतियोगितामा प्रथम हुने विजय सामुदायिक शिक्षा सदनले ४० हजार नगद, सिल्ड, मेडल र प्रमाण पत्र हात पा¥यो ।

विजय सामुदायिक शिक्षा सदनकी अनीता नेपाली उत्कृष्ट पेलेअर, विजय सामुदायिक शिक्षा सदनकै छात्रा नीता लामा उत्कृष्ट गोलकिपर घोषित हुनुभयो । उच्च गोलकर्ता विजय सामुदायिक शिक्षा सदनकी छात्रा मनीषा न्यौपाने सम्मानित हुनुभएको थियो ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला फुटबल संघ नवलपरासीका महासचिव लक्ष्मण कार्की, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हरि पौडेल, गैंडाकोट खेलकुद समितिका उपाध्यक्ष पूर्ण गुरुङ, महिला सञ्जालकी राधा लामिछाने, नेपाल महिला संघकी नगर अध्यक्ष कमला तिवारी लगायतको विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद आचार्यले स्वागत गर्नुभएको थियो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने अभिप्रायका साथ गैंडाकोट सञ्चालित गैंडाकोट दोस्रो उपमेयर कप अन्तर मावि छात्रा फुटबल प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएको गैंडाकोट महिला फुटबल क्लबकी अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिनुभयो । गैंडाकोट नगरपालिकाको आयोजना, गैंडाकोट महिला फुटबल क्लबको संयोजन एवं गैंडाकोट खेलकुद समितिको प्राविधिक सहयोगमा प्रतियोगिताको सम्पन्न भएको हो ।

विजेता विद्यार्थीहरु तथा विद्यार्थीका अभिभावकहरुलाई विद्यालयमा सम्मान

यसै बिच विजय सामुदायिक शिक्षा सदनले विजेता विद्यार्थीहरु तथा विद्यार्थीका अभिभावकहरुलाई विद्यालयमा सम्मान सम्मान गरेको छ ।

फाल्गुण २८ गते विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कंडेल, सचिव लक्ष्मण कण्डेल, समिति सदस्य लक्ष्मण कार्की उपस्थित राहेको कार्यक्रममा विजेता विद्यार्थीहरुलाई मेरिटकार्ड, अभिभावकलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष टिकाराम कंडेलले विजयी विद्यार्थीलाई बधाई दिँदै विद्यालय यस क्षेत्रमा शैक्षिक गुणस्तरमा मात्र नभै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहेको जानकारी दिनुभएको थियो ।

]]>
2043
बिजय सामुदायिक शिक्षा सदन सेमिफाईनलमा प्रवेश https://vsss.edu.np/2019/03/05/%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a4%af-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b8%e0%a4%a6/ Tue, 05 Mar 2019 16:45:04 +0000 http://vsss.edu.np/?p=2034

फाल्गुण २१, २०७५। गैंडाकोट क्षेत्रीय रंगशालामा यहि फागुन १७ गते देखि जारी दोस्रो उपमेयर कप फुट्बल प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदन सेमिफाईनलमा प्रव्ेश गरेको छ । २१ गते मंगलबार भएको क्वाटर फाइनलको खेलमा विजय सामुदायिक शिक्षा सदनले गैंडाकोट इङलिस स्कुललाई ४÷० गोल अन्तरले पराजित गरेको हो ।

दिउँसो ३ः०० बजे बाट सञ्चालन भएको खेलमा विद्यालयकी छात्रा मनिष न्यौपानेले एक्लै ३ गोल गरेकि थिइन भने रस्मी चालिसेले १ गोल गरेकि थिइन् । उक्त खेलमा विजय सामुदायिक शिक्षा सदनकी छात्रा मनिषा न्यौपाने वुमन अफ द म्याच भएकी थिइन ।

यस अघि फाल्गुण १७ गते मुकुन्द सेन बोर्डिङ सँग भएको खेलमा विजय सामुदायिक शिक्षा सदन ४ः० गोल अन्तरले विजय भएको थियो । उक्त दिन विद्यालयकी छात्रा मनिषा रिजालले २ गोल तथा रस्मी चालिसे र मनिषा न्यौपानेले समान १ १ गोल गरेका थिए ।

सोहि दिन विजय सामुदायिक शिक्षा सदनकी छात्र मनिषा रिजाल वुमन अफ द म्याच भएको विद्यालयका अतिरिक्त क्रियाकला संयोजक श्रीधर पाठकले जानकारी दिनु भयो । फागुन १७ गते देखि सञ्चालन भएको खेल फागुुन २४ गते सम्पन्न हुने छ ।

]]>
2034