
हरेक कलाले मानव मनलाई आकर्षित गरीरहेकै हुन्छ। त्यसै माथि मूर्र्तीकलाको त झन् कुरै नगरौँ । कलम र बिभिन्न रंगले कापीका पानामा चित्र कोरेको त सबैले देखेकै छौै तर बगरका ढुुङ्गामा पनि त्यस्तै चित्र कोर्न मिल्छ भन्दा अचम्म लाग्न सक्छ । हो त्यस्तै अचम्ममा थिए आइतबार न्यु मध्यरात मूर्र्तिकला स्टुडियो गोन्द्राङमा पुगेका कक्षा ७ मा पढ्ने विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीहरु । कक्षा कोठामा सैद्दान्तिक रुपमा पाठ्य पुस्तक बाट ज्ञान लिएका विद्यार्थीहरु प्रत्यक्ष रुपमा अवलोकन गर्न पाएकोमा निकै खुसी देखिन्थे । सुनेको, पढेको कुराहरुमा भँदा देखेको हेरेको अनि आफै सहभागी भएर गरेको कुराहरु बाट धेरै ज्ञान लिन सकिने भएकाले उनीहरुलाई त्यहाँ लगिएको थियो । ढुङ्गामा कुदिएका अनेक देवीदेवताका आकृति अनि लखेट्न पो आउने हुन् कि जस्ता देखिने बाघ र गैडाका मूर्ति देखेर छक्क परेका विद्यार्थीहरु मूर्तिकार सुर्य मध्यरातसंग अनेक जिज्ञासा पनि तेर्साइरहेका थिए। कापीको पानामा त हामीले पेन्सिलले कोरेर बिग्रिएको ठाँउमा इलेजरले मेटाएर चित्र बनाउछौँ । ढुङ्गा त यस्तो साह्रो हुन्छ बिग्रियो भने मेटाउन पनि मिल्दैन अनि यस्तो ढुङ्गामा यस्तो राम्रो राम्रो चित्र कसरी बनाउनुहुन्छ भन्ने विद्यार्थीको जिज्ञासामा सुर्य मध्यरात भन्छन् – चित्र मैले बनाएको होइन, चित्र त पहिले देखि नै ढुङ्गामा थियो,मैले त त्यहाँ भएका अनावश्यक कुरा मात्रै फालेको हुँ । उनको यस्तो जवाफले विद्यार्थीहरुमा मूर्तिकलाका बारेमा जान्ने र बुझ्ने उत्सुकता झन् बढेको जस्तो देखिन्थ्यो । मूर्तिकलाको विकासक्रम वर्तमान अवस्था तथा मूर्ति बनाउन आवश्यक पर्ने सामागीको बारेमा बुझाइसके पछि प्रत्यक्ष रुपमा विद्यार्थीलाई नै छिनो, हम्मर लगायतका सामाग्री दिएर ढुङ्गामा खोप्न पनि सिकाइएको थियो । विद्यार्थीहरु मूर्ति हेरेर घण्टौ सम्म टोलाइरहेका थिए । सबै विद्यार्थीहरुको मनमा एउटै प्रश्न थियो यस्तो कसरी बन्छ ? विषयवस्तुको प्रकृति अनुसार विद्यार्थीलाई अवलोकन भ्रमणका लागि बिभिन्न ठाँउमा लगिदै आइएको छ । पछिल्लो समय विद्यालय आइ.एस.ए प्रोजेक्टमा सहभागी भएकाले पनि विद्यार्र्थीहरु विभिन्न प्रोजेक्ट अन्र्तगत फिल्ड भिजिट गरी रहेका छन् । यस अघि प्रशिक्षक नै राखि विद्यार्थीलाई च्याउ खेती गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । विद्यालयमै पराल काट्ने, झाँट्ने जस्ता बिभिन्न काम विद्यार्र्थी द्वारा गराएर विद्यार्थीलाई व्यवहारिक ज्ञान दिइएको थियो ।