ट्राफिक जामले ढिला गरायो
बिशेष कामले ढिला गरायो
छिचोल्नै गाह्रो आन्दोलन रैछ
मान्छेको लामले ढिला गरायो
अकस्मात हातमा परेको एउटा
चिठीको खामले ढिला गरायो
अफिसमा साहुले हर्कान थाल्यो
सानो बिरामले ढिला गरायो
असाध्यै गर्मी थ्यो बिस्तारै आउदा
टन्टलापुर घामले ढिला गरायो ॥