नेल्सन मण्डेला रहेनन् : एक युगको अन्त्य

दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा प्रभावशाली राजनीतिज्ञ मण्डेलाको ९५ वर्षको उमेरमा निधन भएको हो । सेप्टम्बरमा अस्पतालबाट डिस्चार्ज भएपछि उहाँको घरमै उपचार हुँदै आएको थियो ।

nelson mandelaदक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जूमाले राष्ट्रिय टेलिभिजनमा एक वयानमा भन्नु भएको छ–हाम्रो देशले आफ्नो सबैभन्दा महान सपुत गुमाएको छ ।’ उहाँले भन्नुभयो–‘नेल्सन मण्डेलाले हामीलाई एकजुट बनाउनुभयो । अब हामी सबै मिलेर उहाँको विदाई गछौं । तबसम्म हाम्रो राष्ट्रिय झण्डा झुक्नेछ ।’ मण्डेलाको निधनप्रति विश्वभरका नेताहरुले पनि शोक व्यक्त गरेका छन् ।

मण्डेलाले रंगभेदविरुद्धको आन्दोलनको नेतृत्व गर्नु भएको थियो, जसका लागि उहाँलाई २७ वर्षसम्म जेल सजाय भएको थियो । १९५६ मा मण्डेलामाथि देशद्रोहको आरोप लागेको थियो भने १९६४ मा आजीवन कारावास सजाय भएको थियो । मण्डेला जेल गएपछि विश्वभरमा रंगभेदविरुद्धका आन्दोलनको एक प्रतिक बन्नुभयो । मण्डेला १९९० मा जेलबाट छुट्नुभयो भने सन् १९९३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । उहाँ १९९४ मा देशको पहिलो अश्वेत राष्ट्रपति बन्नुभयो । ५ वर्ष राष्ट्रपति बनेपछि पद छाड्नु भयो र २००४ मा सार्वजनिक जीवनबाट अबकास दिनु भएको थियो ।

यस्तो रह्यो मण्डेलाको राजनीतिक जीवन
· दक्षिण अफ्रिकाको रंगभेदी शासन अन्त्यका लागि नेतृत्वदायी भूमिका खेलेका मण्डला २७ वर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति बन्नुभएको थियो ।
· जसले उहाँलाई जेलमा बन्द गरेर राखे, यातना दिए, उनीहरुप्रति उहाँले कुनै कठोरता देखाउनु भएन । उहाँ सँधै हसिलो मुद्रामा देखिनुहुन्थ्यो र उहाँको व्यक्तित्च्व र जीवन कथाले पूरा विश्वलाई रिझाएको थियो । बोलीमा कसैप्रति पनि छुद्रता नभएका मण्डेला शालीन र शान्त स्वाभावका नेता हुनुहुन्थ्यो । उहाँले लोकतान्त्रिक अफि्रकाको प्रथम राष्ट्रपतिका साथै शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
· सन् १९५५ मा मण्डलाले पार्टीको ‘फि्रडम चार्टर’ लेख्नुभयो, जसमा भनिएको थियो-’ दक्षिण अफि्रका ती सबैको हो, जो यहाँ बसोबास गर्छन्- अश्वेत अथवा श्वेत- सरकार शासन गर्ने अधिकार अवसम्म दावा गर्न सक्दैन, जवसम्म उस यी सबै नागरिकको इच्छामा आधारित हुँदैन ।’
· मण्डेला १९४३ मा अफि्रकी नेशनल कांग्रेससँग आवद्ध हुनुभयो । पहिला समान्य कार्यकर्ता रहेका उहाँ युवा शाखाको संस्थापक हुँदै अध्यक्ष बन्नुभयो । वर्षौसम्म जेल जीवन विताएपछि उहाँ अफि्रकी नेशनल कांग्रेसको अध्यक्ष पनि बन्नुभयो ।
· चार वर्षपछि मण्डेलासहित १ सय ५५ जनामाथि देशद्रोहको आरोप लग्यो । चार वर्षसम्म चलेको सुनुवाईपछि मण्डेलामाथिको आरोप खारेज भयो । १९६० मा अफ्रिन नेशनल कांग्रेसमाथि प्रतिवन्ध लागेपछि मण्डेला भूमिगत हुनुभयो । रंगभेदी सरकारसँग तनाव त्यसबेला झन बढ्यो, जब १९६० मा ६९ काला मानिस पुलिसको गोलीको शिकार बने । यो शार्पविल हत्याण्डले चर्चित छ । यो घटनाले शान्तिपूर्ण संघर्षमा पूर्णविराम लाग्यो भने मण्डेलाले देशलाई आर्थिक धरासायी बनाउने घोषणा गर्नुभयो । रंगभेदी सरकारले उहाँलाई गिरफ्तार गरेर हिंस्रक तरिकाले कूको प्रयास गरेको आरोप लगयो ।
· रिभोनियनको अदालतको कठघरामा उभिएर मण्डेलाले प्रजातन्त्र, स्वतन्त्रता र समानताको पक्षमा आफ्नो दृढ विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुहुन्थ्यो-मेरो कल्पना एक यस्तो लोकतान्त्रिब र स्वतन्त्र समाजको छ, जहाँ सबै मानिस मिलेर बस्न र समान अवसर पाउने सक्छन ।’ उहाँले भन्नुभयो-यो त्यो सोच हो, जसलाई पाउन म जिउन चान्हन्छु । तर, आवश्यक पर्छ भने त्यसका लागि मर्न पनि तयार छु ।’ उहाँलाई १९९६ मा जन्मकैदको सजाय सुनाइयो ।
· रोबेन आइल्याण्डमा मण्डेलालाई १८ वर्ष थुनेपछि १९८२ मा पोल्समूर जेलमा स्थानान्तरण गरियो । जतिबेला मण्डेला र उहाँका साथीहरु जेलमा थुनिएका थिए, दक्षिण अपि|mकाको काला बाहुल्य शहरमा युवाहरु श्वेत अल्पमत सत्ताविरुद्ध जुटेका थिए । सयौं मारिए, हजारौं घाइते भए, स्कुलका विद्यार्थीहरु यो आन्दोलनमा किचिए । मण्डेलाका वकिल साथी ओलिभरदे १९८० मा उहाँको रिहाईका लागि अन्तराष्ट्रिय अभियान सुरु गर्नुभयो । विश्व समुदायले रंगभेदी दक्षिण अपि|mकी सरकारमाथि १९६७ मा लगाएको प्रतिवन्ध कडा पारे ।
· दबावको असरका रुपमा १९९० मा राष्ट्रपति एफ डब्ल्यू डी क्लार्कले अफ्रिकन नेशनल कांग्रेसमाथिको प्रतिवन्ध हटाउनुभयो भने मण्डेला रिहा हुनुभयो ।

· ५ वर्ष राष्ट्रपति बनेपछि उहाँले १९९९ मा पद छोड्नुभयो र दक्षिण अफि्रकाको प्रभावशाली राजनीतिज्ञ बन्नुभयो । उहाँले एचआईभी र एड्सविरुद्ध अभियान चलाउनुभयो । सन् २०१० मा अपि|mकालाई विश्वकप फुटबलको आयोजकको जिम्मेवारी दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँ कंगो, बुरुन्डीसहितका अफि्रकी देशमा शान्ति स्थापना गर्ने प्रक्रियामा समेत सामेल हुनुभयो ।
· २००१ मा प्रोस्टेट क्यान्सर भएपछि २००४ मा सार्जवनिक जीवनबाट सन्यास लिनु भएका मण्डेला निकै कम सार्वजनिक हुनुभयो । कार्यक्रमको निम्तो पठाउनेहरुलाई उहाँले भन्नुहुन्थ्यो-’तपाईहरु मलाई फोन नर्गनुस्, म तपाईलाई फोन गर्छु ।’

· १९९३ मा मण्डेलासँगै क्लार्कलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरियो । ५ महिनापछि दक्षिण अफ्रिकामा भएको इतिहासको पहिलो लोकतान्त्रिक चुनावमा सबैले मतदान गर्ने मौका पाए ।
· नेल्सन मण्डेला राष्ट्रपति निर्वाचित हुनुभयो । राष्ट्रपति हुँदा गरिबका लागि घरको व्यवस्था गर्नु उहाँको कार्यकालको सबैभन्दा ठूलो चुनौती बन्यो । उहाँले आफ्नो सहयोगी थाबो अंबेकीलाई सरकारको प्रशासनिक जिम्मेवारी दिएर आफ्नो ध्यान दक्षिण अफ्रिकाको नयाँ छवि विश्वसामु पेश गर्न जुट्नुभयो । उहाँले देशका बहुराष्ट्रिय कम्पनीलाई देशमै रहन र लगानी गर्न सहमत गराउनुभयो ।
· राष्ट्रपति पद छाडेपछि पनि उहाँले विश्वको भ्रमण गरिरहनुभयो र विभिन्न कार्यक्रममा सहभागी हुन छाड्नु भएन ।
· आधाकारिक रुपमा २००४ मा सार्वजनिक जीवनबाट अबकास लिएपछि भने उहाँ आफैंले स्थापना गरेको मण्डेला फाउन्डेसनको काममा जुट्नुभयो । आफ्नो ८९ औं जन्मदिनको अबसर पारेर उहाँले ठूला र जटिल समस्या समाधान र सुझाव दिन विश्वभरका प्रमुख नेताहरु रहने गरी एल्डर्स नामको संस्था समेत स्थापना गर्नुभएको थियो ।
· जेलबाट छुटेपछि मण्डेला निजी रुपमा मण्डेला भारतमा आउनुभएको थियो । । उहाँले भारतमा गान्धीसँग सम्बन्धित स्मारकहरुको भ्रमण गर्नुभएको थियो । भारतीय विश्लेषकहरुका अनुसार मण्डेला गान्धीबाट प्रभावित हुनुहुन्थ्यो । भारतीयहरुले मण्डेलालाई ‘दक्षिण अफि्रकाका माहात्मा गान्धी’ भनेका छन् ।
· नेल्सनको निधनपछि दक्षिण अफि्रकाका वर्तमान राष्ट्रपति जैकव जुमाले भन्नुभयो छ- ‘ दक्षिण अफि्रकाका साथीहरु, हामीले आफ्ना पितालाई गुमाएका छौं । नेल्सन मण्डेलाले हामीलाई एकजुट गर्नुभयो, अब हामी सबैले एकै साथमा रहेर उहाँको विदाइ गर्नेछौं ।’
(बीबीसीको रिर्पोटमा आधारित )
– See more at: http://www.onlinekhabar.com/2013/12/142365/#sthash.HZRnesMm.dpuf

Posted in News Events