कुपुत्रको राज्य बन्दा छाती भरी देश दुख्छ

कुपुत्रको राज्य बन्दा छाती भरी देश दुख्छ
मेचीकाली सिमा खन्दा छाती भरी देश दुख्छ

एकै पुत्र दाजु भाई दुश्मनी हौ भन्दै आज
गर्न खोज्दा अंश बण्डा छाती भरी देश दुख्छ

गरीबको आँखा भरी छारो हाल्दै भ्रष्ट नेता
कुर्शी चढ्ने दिन गन्दा छाती भरी देश दुख्छ

गाउँ गाउँ दादागिरी सामर्थ्य कै कुरा गरी
झुप्रोहरु पर्छन् फन्दा छाती भरी देश दुख्छ

पैसा पाए जे नि गर्ने घरै थरै पनि बेज्ने
प्रबृतिको बढ्दो धन्दा छाती भरी देश दु:ख्छ

किरण कौशल मेयोङ्बा

Posted in Articles